अन्तर्वार्ता दिन जादा ध्यान दिनुपर्ने मूख्य-मुख्य कुराहरु
सर्वप्रथम शुरुमा अन्तर्वार्ता हुने मिति, स्थान, समयको बारेमा अग्रिम जानकारी लिई अन्तवार्ता हुने दिन समयमा नै उक्त कार्यालय वा स्थानमा पुग्ने र आवश्यक कागजपत्र प्रमाणपत्र चाहिने फोटो आदि नबिर्सी लिएर आधा घण्टा अगाडि जानुपर्छ ।
अन्तर्वार्ताको समयमा प्रवेशकक्षमा प्रवेश गर्दा अनुमति माग्ने र भित्र पुगेपछि बस्ने अनुमती दिएपछी मात्र निर्धारित स्थानमा बस्नुपर्छ र आफ्नो कागजात सम्यमित भएर सम्झिने मागे अनुसार प्रस्तुत गर्दै जानुपर्छ ।
अन्तवार्ताको दिन पोशाकमा बिशेष ध्यान हुने हुदा , कुन कामकोलागी अन्तर्वार्ता दिन जाने हो सोहि अनुसारको सुहाउदो साधारण र मिलेको पहिरन लगाएर जाने गर्नुपर्छ ।
अन्तवार्तामा सोधिएका प्रश्न उपर आत्मबिश्वास साथ हल्का मुस्कुराउदै जवाफ दिने, अकमकाउने, मुखाकृत बिगार्ने, नर्भस हुने असामान्य स्थिति देखाउने गर्नु हुदैन ।
जवाफ दिदा एकै तिरतिर नहेरी सबै सर-हरुमा समान तरिकाले हेर्ने गर्नु पर्छ ।
अन्तर्वार्ताको समयमा शरीरको हाउभाउको बिशेष महत्व हुन्छ, उत्तर दिदा हातखुट्टा धेरै हल्लाउने कपाल मिलाउने आखा घुमाउने भूईतिर हेर्ने, नङ टोक्ने, चर्को र साह्रै सानो स्वरमा बोल्ने गर्नु हुदैन ।
सकेसम्म संभावित प्रस्नाहरुको तयारी राम्रोसग गर्नुपर्छ । यदि प्रस्नको सहि उत्तर नआएमा पनि नआत्तिकन आफूले बिर्सिएको वा जानकारी नभएको कुरा स्पष्ट राख्ने ।
प्रश्नको उत्तर दिदा साह्रै राम्रो प्रस्न सोध्नुभयो, हजुर साह्रै मजाको मान्छे, हजुरहरुलाई म पहिला देखिनै चिन्छु भन्ने जस्ता अभिव्यक्ति दिनुहुदैन ।
अन्तर्वार्ता प्रसंग बाहिर गएपनि आफू सधै संयमित रहने प्रसंग बाहिरको कुरामा आफ्नो भनाई नराख्ने मुस्कुराउदै बोल्नै परे अत्यन्तै थोरै बोल्ने गर्नुपर्छ ।
कुनै पनि बेला लिखितमा त नाम निस्कियो अब अन्तर्वार्तामा हजुरहरुको कृपा, हजुरले गरिदिए नाम निस्किन्थ्यो वा हजुरहरुको हातमा त छ नि जस्ता शब्द राख्नु हुदैन ।
अन्त्यमा जाने अनुमति पाएपछी सबैलाई हार्दिकतापुर्बक धन्यवाद, नमस्कार गरि आफ्नो प्रमाणपत्र लिई एउटा शिष्ट प्रभावशाली व्यक्तित्वको छाप छोड्दै बाहिरिनु पर्दछ ।